२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


प्रेसलाई नियन्त्रण गर्न खोजेको होइन : सन्चारमन्त्री


0
Shares

केशव भण्डारी (इमेज)

बुटवल, माघ २८। सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसलाई नियन्त्रण गर्न नखोजिएको स्पस्ट गरेका छन् ।

नेपाल पत्रकार महासंघ, रुपन्देहीको वार्षिक साधारणसभा कार्यक्रमलाई सोमबार बुटवलमा सम्बोधन गर्दै उनले ‘प्रेसलाई संकुचन र नियन्त्रण होइन, व्यवस्थित, मर्यादित र नियमन गर्न खोजिएको हो’–भने ।

मन्त्री बाँस्कोटाले वर्तमान सरकारले विज्ञापन नीति संसदमा दर्ता गरेको उल्लेख गर्दै समानुपातिक विज्ञापन नीतिले पत्रकारका पक्षमा काम गर्ने बताए ।

नयाँ विज्ञापन ऐनले १२ अर्ब रुपैयाँको विज्ञापनलाई २० अर्बको पुर्‍याउने उनको भनाइ थियो ।

वर्तमान सरकारले जनताको पक्षमा काम गरिरहेको भन्दै मन्त्री बाँस्कोटाले सरकारले काम गरेको छैन भनेर अफवाह नफैलाउन आग्रह गरे ।

उनले सरकार नागरिकका पक्षमा रहेकाले प्रणालीलाई विधिअनुसार लैजान खोज्दा ढिलाइ भएको जिकिर गरे ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले संघीयता कार्यान्वयनका चरणमा रहेकाले संरचनाको जगलाई बलियो बनाउने गरी मिडियाले विषय उठाउनुपर्ने बताए ।