१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


लुक्लामा विमान दुर्घटना: को-पाईलटको उपचारको क्रममा निधन


0
Shares

लुक्ला विमानस्थलमा अवतरणका क्रममा रुखमा ठोक्किएर विमान दुर्घटना भएको थियो । रुखमा ठोक्किएर पछारिएको विमान तीन टुक्रा भएको छ ।

दुर्घटनामा परी घाईते भएका पाइलट पारसकुमार राई र को-पाईलट सिर्जन मानन्धरको उपचारको क्रममा निधन भएको हो ।

राईको हिजो(शनिबार) दिउँसो तथा मानन्धरको राति अबेर निधन भएको हो । विमानकी परिचारिका प्रज्ञा महर्जन घाइते भएकी छिन् ।

खराब मौसमको कारण उनलाई काठमाडौं ल्याउन नसकिएपछि लुक्लामै उपचार भईरहेको छ ।

मौसममा सुधार आउना साथ उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइने विमानस्थलका अधिकारीहरुले बताएका छन् ।