२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


रुसमा आँधीमा परी ११ जनाको मृत्यु, बंगलादेशमा शक्तिशाली आँधीको खतरा


0
Shares

आँधीमा परेर ५० जनाभन्दा बढी घाइते भएको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भीषण आँधीका कारण सयौं मानिस प्रभावित भएका छन् भने कयौं घरमा क्षति पुगेको छ ।

शक्तिशाली आँधीले ठाउँठाउँका बिजुलीका पोल तथा रुख ढालेकाले विद्युत् अवरुद्ध हुनुका साथै यातायात सेवासमेत प्रभावित भएको छ ।

प्रतिघण्टा १ सय ११ किलोमिटरका दरले आएको आँधी अझै केही दिनसम्म जारी रहने मौसमविद्हरुले बताएका छन् ।

आँधी प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

बंगलादेश सरकारले शक्तिशाली आँधी आउन सक्ने भन्दै १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने प्रयास शुरु गरेको छ ।

बंगलादेशको पूर्वी तटबाट मोरा नामको आँधी आउने सम्भावना रहेको त्यहाँको मौसम विभागले जनाएको छ ।

आँधीको प्रभाव पर्न सक्ने ठाउँका विद्यालय र सरकारी कार्यालयलाई सेल्टर बनाइएको छ भने सतर्कताका लागि माइकिङ पनि भइरहेको बंगलादेशका अधिकारीले बताएका छन् ।

यसअघि श्रीलंकामा आएको आँधीका कारण १ सय ८० जनाभन्दा बढीको मृत्यु भएको थियो । (एजेन्सी)