
उनीहरुले अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका–संसदमा सार्वजनिक गरेको बजेट निराशाजनक भएको टिप्पणी गरेका छन् ।
पूर्वका उद्योगी–व्यवसायीले सरकारले प्रस्तुत् गरेको बजेटले आफूहरुका माग सम्बोधन नभएको बताएका छन् । उनीहरुले पूर्वाञ्चलको आर्थिक विकासप्रति सरकार उदासीन देखिएको आरोप पनि लगाए ।
मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले विराटनगरको रिङरोड निर्माण, विराटनगर विमानस्थल विस्तार, विशेष आर्थिक क्षेत्र घोषणा, औद्योगिक प्रदर्शनी केन्द्र स्थापनालगायतका योजनालाई बजेटमा समावेश नगरिएको बताए ।
उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य तथा उद्योगी महेश जाजुले विराटनगरको विकासका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराएको भएपनि बजेटले उपेक्षा गरेको आरोप लगाए ।
मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले पनि बजेटमा विराटनगरलाई उपेक्षा गरी व्यवसायीहरुको भावनामा ठेस पुर्याएको बताए । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्