
युएईको दुबईमा सम्पन्न बुडोकान कराँते २०१७ को उपाधि जितेर किन्जेल श्रेष्ठले देशको शान उच्च बनाएकी हुन् ।
मध्यपुर थिमि नगरपालिका वडा ४ दथुटोल निवासी प्रेम श्रेष्ठकी छोरी किन्जेलले ३० केजी तौल समूहको कराँतेमा प्रथम तथा काता प्रदर्शनमा तृतीय स्थान हासिल गरेकी हुन् ।
विगत केहि समयदेखि उतै बस्दै आएका उनीहरुले खेलकुद क्षेत्रमा काम गर्दै आएका छन् ।
वैदेशिक रोजगारीको सिलसिलमा सीमित समयको लागि विदेशिएका उनीहरुको दैनिकी खेलकुदमा नै बित्ने गरेको छ ।
प्रतियोगितामा अन्य ११ जना नेपाली खेलाडीहरुको पनि सहभागिता रहेको थियो । ती खेलाडीहरुले पनि विभिन्न विधामा पदक तथा कप जितेका छन् ।
प्रतियोगितामा यूएई कराँते एण्ड तेक्वान्दो क्लबले नेपाल कराँते संघको स्वीकृतिमा नेपाली खेलाडीहरु सहभागि गराएका थिए ।
कराँते प्रतियोगिता जेठ १३ गते शनिबार संयुक्त अरब ईमरेट्स युएईको दुबईमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्