१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


कालीगण्डकी करिडोरको ९० प्रतिशत काम सम्पन्न (भिडियो)


0
Shares

नेपाली सेनाले शुरु गरेको सडकखण्डको ९० प्रतिशत कामसम्पन्न भएको छ । २०७२ असार १५ गते शिलान्यास भई नेपाली सेनाले जिम्मा लिई काम अगाडि बढाएको करिडोरको मालढुङ्गादेखि टाकुरीसम्म १४ किलोमिटर सडकमा यातायातका साधन संचालनमा आईसकेको छ ।

टाकुरीदेखि पालुङखोलासम्मको २६ किलोमिटर सडकखण्डमा कुचुरी भिर, डाडाकाल भिर, बाघखोरभिरका ठुला ठुला पहरा फोडेर ट्रयाक खोलिसकेको छ भने बेलबगरको भिरमा काम बाँकी रहेको छ ।

नेपाल सरकारले ३३ करोड वजेट निकासा गरेपछि उक्त ट्रयाक खोल्ने काम धमाधम भएको थियो तर नाली लगाउने, वाल भर्ने, कल्र्भट निर्माण गर्न बजेट अपुग भएको छ । तुरुन्त थप बजेट निकासा गर्न सके असार मसान्तसम्म ट्रयाक बाहेकको अरु काम समेत गर्न सकिने कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख इन्जिनियर रेश्मीराज भट्टराई बताउँछन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्