९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


२५ जिल्लामा ४ लाख गरिब


0
Shares

२५ जिल्लामा तीन लाख ९१ हजार नौ सय ८७ जना गरिब रहेको तथ्यांक तयार गरिएको छ । त्यसमध्ये अति गरिब एक लाख ८८ हजार ३ सय १८, मध्यम गरिब एक लाख १९ हजार सात सय ८३ र सिमान्त गरिबमा ८३ हजार ८ सय ७६ जना रहेको बोर्डले जनाएको छ ।

बाजुरामा सबैभन्दा धेरै गरिब

गरिब घरपरिवार पहिचान, सहयोग तथा समन्वय बोर्डले पहिलो चरणमा अध्ययन गरेका २५ जिल्लामध्ये बाजुरामा सबैभन्दा धेरै गरिब भेटिएको मन्त्री हृदयराम थानीले बताए ।

उनका अनुसार बाजुरामा ६४.१ प्रतिशत गरिब छन् । सबैभन्दा कम अर्थात् १४.८ प्रतिशत गरिब तनहुँमा रहेको बोर्डको प्रतिवेदन छ । –नयाँ पत्रिका दैनिकबाट