
त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा मंगलबार भएको उद्घाटन खेलमा पश्चिमाञ्चलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । पश्चिमाञ्चल २५–२१, २५–१८ र २५–२१ ले विजयी भयो ।
त्यसैगरी, न्यू डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० कै सोझो सेटमा पराजित गर्यो । न्यू डायमन्डले खेल २५–१९, २५–१७ र २५–१० ले जित्यो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगिताको दोस्रो दिन बुधबार सशस्त्र प्रहरीले पश्चिमाञ्चलसँग, पुलिसले जाउलाखेलसँग तथा सशस्त्र प्रहरीले आर्मीसँग खेल्ने कार्यक्रम छ ।
प्रतियोगिताको विजेताले एक लाख ५० हजार रुपैयाँ जित्नेछ । उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्