Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


२०५२ सालमा ४० बुँदे माग लिएर गएको परिदृष्य सम्झदैं भट्टराईले भने– देउवाको जित भयो


0
Shares

त्यतिबेला ती माग पुरा गर्न देउवा गम्भीर बनेनन् र २०५२ फागुन १ गते नेकपा माओवादीको नामबाट मुलुकमा जनयुद्ध घोषणा गरियो । सोही युद्धले १७ हजारभन्दा बढी नेपालीको ज्यान लियो ।

देउवाले नै माओवादी सखाप पार्ने भन्दै मुलुकमा संकटकाल घोषणा गरे । देउवाले नै माओवादी नेतालाई आतंककारी घोषणा गरेर टाउकाको मोलसमेत तोक्ने काम गरेका थिए ।

तर, २३ बर्षपछि परिस्थिति भिन्न भयो । जसले आफ्नो टाउकाको मूल्य तोक्यो, तिनैलाई प्रधानमन्त्री बनाउन माओवादी नेता पुष्पकमल दाहालले मुख्य भूमिका खेले । दाहालकै बलियो समर्थनमा देउवा मुलुकको देउवा मुलुकको ४० औं प्रधानमन्त्री हुन सफल भए ।

डा. बाबुराम भट्टराइले देउवालाई सघाउने दाहालको भूमिकालाई आश्चर्यको रुपमा लिएका छन् । ‘जसले माओवादी सिध्याउन संकटकाल लगाए, आतंकककरी घोषणा गरे, जसले टाउकाको मोल तोके, आज उनैलाई माओवादीका सर्वोच्च कमाण्डरले प्रधानमन्त्री बनाउन सहयोग गरेको देखियो,’ भट्टराइले भने, ‘माओवादीकै समर्थनमा प्रधानमन्त्री हुनु भनेको शेरबहादुर देउवाजीको जित हो, विजयका लागि बधाइ पनि छ ।’ –नागरिक दैनिकबाट