
आर्मीले सेमिफाइनलमा मध्यमाञ्चल विकास क्षेत्रलाई तथा पुलिसले सशस्त्र प्रहरीलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
समूह चरणमा एउटै समूहमा रहेका आर्मी र पुलिसबीचको भिडन्तमा आर्मी विजयी भएको थियो । आर्मी समूह विजेता तथा पुलिस उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा प्रमुख दाबेदार सशस्त्रलाई हराएसँगै पुलिसको मनोबल बढेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेसँगै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको सो प्रतियोगिताको विजेता टोलीले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
फाइनल खेल बिहीबार बिहान ९ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्