२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


एसियन प्रिमियर लिग क्रिकेटबारे खेलाडी संघको गम्भीर ध्यानाकर्षण


0
Shares

विभिन्न देशका उदयमान खेलाडीलाई अवसर प्रदान गर्ने र क्रिकेटको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको आयोजकले जनाए पनि नेपालमै हुने प्रतियोगितामा नेपालीले भाग लिन नपाउनुलाई गम्भीर रुपमा लिइएकोसमेत संघले जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यान निलम्बन रहेका अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसी र एसियाली क्रिकेट काउन्सिल एसीसीको स्वीकृति बिना विदेशी कम्पनीले राष्ट्रिय खेलकुद परिषद राखेपसँगको समन्वयमा प्रतियोगिता गर्न लागेको हो ।

खेलाडी संघले राखेपले गर्ने समन्वयमा नेपाली खेलाडी र क्रिकेट विकासमा कुनै योगदान नपुग्नु आश्चर्यजनक भएकोसमेत बताएको छ ।

असार ५ गतेदेखि १५ दिनसम्म चल्ने प्रतियोगितामा ६ टोली सहभागी हुनेछन् । तीमध्ये ‘नेपाल स्ट्रोम्स’ नामक टिम भए पनि त्यसमा नेपाली खेलाडी हुने छैनन् ।

प्रतियोगिताको विजेताले २५ लाख, उपविजेताले १० लाख र तेस्रो हुने टोलीले ५ लाख भारतीय रुपैयाँ पाउने जनाइएको छ ।