२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेलतालिका सार्वजनिक


0
Shares

तालिकाअनुसार आगामी साउन २८ गतेदेखि नयाँ सिजन सुरु हुने भएको छ । पहिलो दिन सहभागी २० ओटै टिमले खेल्नेछन् ।

प्रिमियर लिग च्याम्पियन चेल्सीले बर्नलेसँग, आर्सनलले लेस्टर सिटीसँग, एभर्टनले स्टोक सिटीसँग, म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडसँग, बढुवा भएको न्यूकासलले टोटनह्याम हट्सपरसँग घरेलु मैदानमा खेल्नेछ ।

त्यस्तै, नवप्रवेशी टिम ब्राइटनले म्यानेचस्टर सिटीसँग, वाट्फोर्डले लिभरपुलसँग, साउथह्याम्पटनले स्वान्सी सिटीसँग, वेस्टब्रोमले बर्नमाउथसँग तथा क्रिस्टल प्यालेसले अर्को नवप्रवेशी हडल्सफिल्ड टाउनसँग घरेलु मैदानमा खेल्नेछ ।

यसपटक न्यूकासल, हडल्सफिल्ड र ब्राइटन च्याम्पियनसिपबाट प्रिमियर लिगमा बढुवा भएका हुन् । हलसिटी, सन्डरल्यान्ड र मिडिल्सब्रो च्याम्पियनसिपमा झरेका हुन् ।