
संविधान संशोधनको माग गर्दै आएको राजपाका केही माग सम्बोधन गराउन प्रमुख दलका शीर्ष नेताहरुले छलफल गर्न लागेका हुन् ।
यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका शीर्ष नेता र राजपाका शीर्ष नेताहरुबीच बुधबार भएको छलफल भने निष्कर्षविहीन भएको थियो ।
बुधबारको बैठकमा राजपाले आफ्नो अडान नछोडेपछि दलहरुबीच आज पुनः छलफल गर्ने सहमति भएको थियो ।
बैठकमा राजपाका नेताहरुले आपूmहरु संविधान संशोधन नभई चुनावमा नजाने अडान दोहोर्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्