२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


अमेरिकी टोली उत्तर कोरियामा


0
Shares

प्योङयाङ, माघ २३ । उत्तर कोरियासँग आणविक निशस्त्रीकरणका विषयमा वार्ता गर्न अमेरिकी टोली प्योङयाङ पुगेको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर वार्ता अघि स्टेफेन बेगन नेतृत्वको अमेरिकी टोली प्योङयाङ गएको हो ।

बेगन नेतृत्वको अमेरिकी टोलीले उत्तर कोरियाको आणविक निशस्त्रीकरणको खाका तयार गर्ने बताइएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाले आफ्नो आणविक उत्पादन बन्द नगरेको प्रतिवेदन सार्वजनिक गरेपछि अमेरिकी टोली प्योङयाङमा छलफल गर्न पुगेको हो ।

सन् २०१८ को जुनमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिंगापुरमा भेटवार्ता भएको थियो । सो भेटवार्ताले निशस्त्रीकरणका लागि  सकारात्मक प्रयास गरेको थियो । उत्तर कोरिया निशस्त्रीकरणका लागि तयार भए पनि त्यसको प्रक्रियाबारे अझै दुवै पक्षबीच सहमति भइसकेको छैन ।