
प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा प्रधानमन्त्री र राजपाका शीर्ष नेता महेन्द्र यादवबीच छलफल भएको हो ।
नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले राजपाका नेता महेन्द्र यादवलाई लिएर प्रधानमन्त्रीको निवासमा पुगेका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री देउवाले असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन राजपाका नेतालाई आग्रह गरेका छन् ।
उनले स्थानीय तहको निर्वाचनपछि राजपाका माग सम्बोधन गर्न आफू तयार रहेको भन्दै निर्वाचनमा सहयोग गर्न आग्रह गर्नुभएको बताइएको छ ।
छलफलमा स्थानीय तहको निर्वाचन र राजपाका माग सम्बोधन गर्नेलगायतका विषयमा छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्