
पेरिस, माघ २२ । फ्रान्सको पेरिसस्थित एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ ।
आठ तले भवनमा लागेको आगो नियन्त्रणमा खटिएका अग्नि नियन्त्रकसहित अन्य ३० जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।
आगलागीको कारणबारे केही खुलेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्