
थप दुई स्थानमा आगामी शनिबारसम्म स्टेशन स्थापना गर्ने विभागको तयारी छ । विभागका अनुसार स्टेशनमा चट्याङबारे सूचना दिने प्रविधि जडान गरिसकिएको छ ।
जल तथा विज्ञान विभागका शाखा प्रमुख ऋषिराम शर्माका अनुसार काठमाडौं, विराटनगर, पोखरा, सिमरा, भैरहवा, सुर्खेत, धनगढीमा चट्याङको पूर्व सूचना दिने प्रविधि जडान गरिएको छ । ती स्टेशनबाट चट्याङबारे सही सूचना संकलन, तथ्यांक, चट्याङको वास्तविक समय र चट्याङबारे पूर्व सूचना पाउन सकिने उनले जानकारी दिए ।
आगामी शनिबारसम्म नेपालगञ्ज र तुम्लिङटारमा प्रविधि जडान भइसक्ने उनले बताए । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्