
साढे दुई वर्षअघि लगानी बोर्ड र भारतीय सरकारी कम्पनी सतलजबीच आयोजनाका लागि आवश्यक वन क्षेत्रको जग्गा २१ महिनाभित्र उपलब्ध गराउने उल्लेख भए पनि हालसम्म प्राप्त गर्न सकेको छैन ।
अरुण तेस्रोका लागि आवश्यक १ सय २४ हेक्टर वनको जग्गा उपलब्ध भएपछि आयोजनाको शिलान्याश गर्ने सतलजको योजना छ ।
आगामी अक्टोबरदेखि निर्माण थाल्ने र सोको लागि मोदी आउने योजना भए पनि वनको जग्गा स्वीकृति नभइ शिलान्याश गर्न असम्भव भएकाले मोदी आउने अनिश्चित बनेको बोर्डका एक अधिकारीले जानकारी दिए । –कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस्