Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


अछाममा १८ घर पहिरोको जोखिममा


0
Shares

अविरल वर्षाका कारण बस्तीमाथिबाट पहिरो आउन थालेपछि जोखिम बढेको हो ।

बस्तीमाथिबाट सडक काटिएको र सडकको दुईओटा मोडबाट पहिरो खस्न थालेपछि १८ घर जोखिममा परेका हुन् ।

माथिबाट पहिरो आउन थालेपछि स्थानीयहरु घर छाडेर विद्यालयको भवनमा बस्न थालेका छन् ।

उनीहरु अहिले जनकल्याण आधारभूत विद्यालयमा बसिरहेका नेपाल रेडक्रस सोसाइटी कुस्कोट उपशाखाका सदस्य हिमाल अधिकारीले जानकारी दिए ।

ठाँटी प्रहरीचौकीबाट गएको टोलीले त्यस स्थानको जानकारी लिएको र बस्ती पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले बताए ।