नेपालमा मियावाकी प्रविधिबाट रुख विरुवाहरु रोप्न आएका विज्ञहरु सो सुझाव दिएका हुन । उनीहरुले भक्तपुरको चाँगुनारायणमा शनिबार देखि यस्तो प्रविधिबाट वृक्ष रोपन गर्न सुरु गरेको हुन् ।
सो प्रविधिबाट रुख विरुवाहरु शतप्रतिशत हुर्कने र जंगलको पुनःस्थापना गर्न सजिलो हुने र भू-क्षय, पहिरो र भूकम्पबाट जमिनमा पुग्ने क्षति पनि कम हुने जनाएका छ ।
नेपाल र जापानबीचको सम्बन्ध ६१ वर्ष पुगेको अवसरमा यामादा मौरीपालन संस्था र योकोहामा सहरी विश्वविद्यालयको संयुक्त आयोजनामा ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा वृक्षारोपण ५ लाख भन्दा बढी रुख विरुवाहरु रोपीसकेको जनाइएको छ ।
जापानी प्रोफेसर डा.आकिरा मियावाकीले विकास गरेको यो प्रविधिमामार्फत् विश्वका विभिन्न देशहरुमा करिब २२ लाख भन्दा विरुवाहरु हुर्काइएको जानकारी दिइयो ।
चाँगुुनारायणको वन पुनःस्थापना गर्न मियावाकी प्रविधिबाटै हजारौ कटुस, रुद्राक्ष, पैंयू, खरीलगायतका १४ प्रकारका स्थानीय रुख विरुवाहरु रोपेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्