Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


स्थानीय तहमा निर्वाचित ६० एकल महिला सम्मानित


0
Shares

एकल महिला सशक्तीकरण र विकासका लागि दक्षिण एसियाली महिला सञ्जालको सम्मेलनका अवसरमा सोमबार राजधानीमा देशैभरबाट प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्यमा निर्वाचित एकल महिलालाई सम्मान गरिएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले एकल महिलाले अपमान खेप्नुपरे पनि निराश हुनुपर्ने अवस्था नभएको भन्दै समाज विस्तारै सकारात्मक दिशातर्फ उन्मुख भइरहेको बताए ।

उनले महिला सशक्तीकरणमा सकारात्मक परिवर्तन हुनुमा राजनीतिक आन्दोलनको योगदान रहेको बताए ।

एकल महिला समूह, गैरसरकारी संस्थाहरुको योगदानले महिलाप्रति सम्मानभाव बढ्दै गइरहेको पनि उनले बताए ।

सोमबारदेखि सुरु दुईदिने सम्मेलनमा बंगलादेश, भुटान, भारत, इरान, पाकिस्तान र नेपाल गरी ७ राष्ट्रका प्रतिनिधिको सहभागिता रहेको छ ।