२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


निप्पोन एअरवेजले ४८ थान विमान खरिद गर्ने


0
Shares

टोकियो, माघ १५ । जापानको अल निप्पोन एअरवेज (एएनए)ले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एअरबस कम्पनीबाट ४८ थान नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ ।

एएनए होल्डिङ्सले मंगलबार जारी गरेको विज्ञप्तिमा बोइङ कम्पनीका ७३७ ‘म्याक्स ८ सिरिज’का ३० थान र एअरबस कम्पनीका ‘ए ३२० नियो सिरिज’का १८ थान विमान खरिद गरिने उल्लेख छ ।

जापानभित्रै र क्षेत्रीयस्तरमा एएनएको सेवाप्रति उपभोक्ताले निकै अभिरुचि देखाएका कारण विमान थप्नुपरेको विज्ञप्तिमा जनाइएको छ ।

कम्पनीकाअनुसार ३० वटा बोइङ जहाजको तीन अर्ब ५० करोड डलर (३८३ अर्ब जापानी येन) पर्नेछ भने एअरबसको मूल्य १६६ अर्ब जापानी येन पर्नेछ ।

बोइङको नयाँ मोडेलको विमान खरिद गर्ने एएनए पहिलो जापानी कम्पनी हो ।

एअरबस ए ३२० नियो सिरिजका विमान भने यसअघि नै एएनएको अन्तर्राष्ट्रिय उडानमा प्रयोग भइरहेका छन् ।

कम्पनीले दुवै किसिमका नयाँ जहाजहरु इन्धन किफायती रहेको पनि जनाएको छ । रासस/एएफपी