Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सेती नदीले बगाउँदा तीनजना बेपत्ता, बचाउन गएका पनि बगे


0
Shares

पोखरा-लेखनाथ महानगरपालिका वडा नम्बर ३३ पशुपतिघाटमा सोमबार साँझ नुहाउने क्रममा बगेर उनीहरु बेपत्ता भएका हुन् ।

दाङको साविक ताप्रे गाविस–७ घर भई पशुपतिघाटमा मजदुरी गर्दै आएका १८ बर्षीया संगीता नेपाली, ध्वनी नेपाली र सुनील परियार बेपत्ता भएका हुन् ।

सोमबार नुहाउने क्रममा उनीहरुलाई नदीले बगाए पनि आज मात्रै थाहा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

संगीता, ध्वनी, सुनिल र गोम्छे सार्की नदीमा नुहाउन गएका थिए ।

सुरुमा नदीमा पसेकी संगीता बगेपछि बचाउन गएका सुनील र ध्वनीलाई पनि नदीले बगाएको होे । उनीहरुको खोजी कार्य विहानैदेखि सुरु गरिएको प्रहरीले जनाएको छ ।