२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


११ वर्षीया बालिकालाई गर्भवती बनाउने युवक समातिए


0
Shares

अरुण गाउँपालिका याकुकी–११ वर्षीया बालिकालाई गर्भवती बनाइ फरार रहेका सोही गाउँका २१ वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार धरानबाट पक्राउ परेका श्रेष्ठलाई जबर्जस्ती करणीको मुद्दा दर्ता गरिने जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचर्यले बताए ।

बालिकाको पेट असहजरुपमा बढ्दै गएपछि सोधखोज गर्दा घटना बाहिर आएको हो ।