Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


चट्याङ लागेर आमाछोरीको मृत्यु


0
Shares

घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा बिहान ८:३० बजे चट्याङ लागेर ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीया छोरी सुष्मा तामाङको मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहान करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । रासस