धार्मिक पर्यटकीय महत्वको यो क्षेत्रमा पाल्पाको रुरुधाम, स्याङ्जाको कारीकोट र गुल्मीको रुरु गाँउपालिका जोड्ने गरी तीनमुखे झोलुंगेपुल निर्माण थालिएकोमा ठेकेदार कम्पनीले काम नै अघि नबढाएको हो ।
२०७१ सालको मंसिर १५ गते तत्कालीन मुख्यसचिव लिलामणि पौडेल र गुल्मीका सांसद चन्द्र भण्डारीले पुलको शिलान्यास गरेका थिए ।
९ करोड ८८ लाख रुपैयाँमा निर्माण ठेक्का दिइएको थियो । तर, अहिलेसम्म पाँच प्रतिशत पनि काम नभएको स्थानीयवासीले गुनासो गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्