आफूलाई भेट्न प्रधानमन्त्री कार्यालय आएका काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीसँगको भेटमा उनले ‘राजधानीको प्राचीन कला र मौलिकता नै मुलुकको पहिचान हो’–भने ।
प्रधानमन्त्री देउवाले काठमाडौंको पूर्वाधार निर्माणमा सम्बन्धित निकायसँग समन्वय गरेर काम गर्नसमेत निर्देशन दिएको उपप्रमुख खड्गीले जानकारी दिइन् ।
भेटमा महानगरपालिकाका पदाधिकारीले विद्युत्, खानेपानी र सडक विभाग महानगर मातहत ल्याउनसके प्रभावकारीरुपमा काम गर्न सहज हुने विचार व्यक्त गरेका थिए । रासस










प्रतिक्रिया दिनुहोस्