
पर्साको मनवा र रंगपुर–टाँडीबीचको सडकमा मंगलबार साँझ ना४५प ९११६ नम्बरको मोटरसाइकल चेकजाँच गर्नेक्रममा पर्सा, गढी गाँउपालिका वडा नम्बर–१ का ५५ वर्षीय क्षेत्री चौधरी र सोही ठाउँका २१ वर्षीय रामकिसुन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
मोटरसाइकलमा सवार दुबैजनाले शंकास्पद व्यवहार देखाएपछि प्रहरीले जाँच गर्दा बोराभित्र १२ बोरको बन्दुकमा लाग्ने ५० थान गोली भेटिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्