बुधबार राति आएको बाढीले बेगखोलामा बनाइएको अस्थायी पुल भत्काएपछि बेनी–जोमसोम सडकमा सीधा सवारी आवागमन अवरुद्ध बनेको थियो ।
बाढीले अस्थायी पुल बगाएपछि खोलामा डाइभर्सन निर्माण गरी अस्थायीरुपमा सवारी–साधन वारपार हुने व्यवस्था मिलाइएको बेनी–जोमसोम–कोरला सडक आयोजनका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताए ।
गत वर्ष आएको बाढीले बेगखोलामा रहेको बेलिब्रिज बगाएपछि गत महिना ६ मिटर लामो अस्थायी पुल निर्माण गरिएको थियो ।
सर्वसाधारण तथा यात्रीहरु पैदलमार्फत् वारपार गर्नका लागि साँघु बनाइएको र सवारी–साधनलाई खोलाबाटै वारपार गर्नेगरी अस्थायीरुपमा अवरुद्ध सडक सुचारु गरिएको शेरचनले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्