Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


बसको ठक्करबाट साइकलयात्रीको मृत्यु


0
Shares

मृत्यु हुनेमा नवलपरासी, बुलिंगटार घर भइ गैंडाकोटमा डेरा गरी बस्ने १९ वर्षीय तेजराम थापा रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारकाक्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दैलेखबाट काठमाडौंका लागि हिँडेको ना४ख ३१९४ नम्बरको बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत् नवलपरासीको गैंडाकोटस्थित कांग्रेसचोकमा बाटो काट्नेक्रममा ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी नायब निरीक्षक नवीनकुमार थापाले जानकारी दिए ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस