Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


प्रचन्ड गर्मीले जनजीवन प्रभावित


0
Shares

अत्यन्त चर्को घाम र छहारीमा बस्दासमेत तर्तरी पसिना आउने प्रचन्ड गर्मीले सर्वसाधारणको दैनिक जीवन कस्टकर बन्दै गएको छ ।

गर्मी महिना सुरु भएयता नेपालगन्जमा अहिलेसम्म ठूलो मनसुनी झरी पर्न सकेको छैन । पानी नपर्नाले पनि आमनागरिकले उखरमाउलो गर्मीको नियति भोग्नुपरेको हो ।

गर्मी बढेसँगै यहाँस्थित सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्यपदार्थको बिक्री बढेको पाइन्छ ।

पर्याप्त मनसुन नपरेका कारण बाँके जिल्लामा धान रोपाइँसमेत प्रभावित भएको छ । जिल्ला कृषि विकास कार्यालयकाअनुसार नहर, कुलो र बोरिङ लाग्ने खेतमामात्र रोपाइँ थालिएको छ भने बाँकी खेतमा अझै रोपाइँ हुन सकेको छैन ।

अत्यधिक गर्मीका कारण घाउखटिरा, आउँमासी, टाइफाइड, ज्वरो, झाडापखालालगायत सरुवारोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सकहरु बताउँछन् ।

यहाँका अस्पताल, शिक्षण संस्था तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप पनि दिन–प्रतिदिन बढ्दै गएको छ । रासस