प्रधानमन्त्री शेरबहादर देउवाले १५ दिनभित्र उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न दिएको निर्देशन आंशिकरुपमा कार्यान्वयन भएको छ ।
गत साउन १ गते प्रधानमन्त्रीको निर्देशन आएपछि सरोकारवाला निकायहरुले खाल्डा पुर्ने कामलाई तीव्र बनाएका हुन् ।
आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले पाइपलाइन विस्तारकाक्रममा खनिएका सडकको अस्थायीरुपमा मर्मत गर्ने काम हुँदै आएको र प्रधानमन्त्रीको निर्देशनपछि काम झनै तीव्र भएको बताए ।
मेलम्ची आयोजनाले सडक विभागसँग समन्वय गरेर चाबहिल–चुच्चेपाटी, चाबहिल–धोबीखोला, जमल–लैनचौर र नारायणगोपालचोक–बाँसबारीसम्मको सडक मर्मतको जिम्मा लिएको छ ।
तर, दिउँसोमा सवारी–साधनको चाप बढी हुने भएकाले मर्मतको काम रातिमा गरिएको पनि खत्रीले बताए ।
सरोकारवालाहरुले सडक मर्मतको काम भइरहेको बताएपनि उपत्यकाका केही स्थानमा भने अझैपनि अवस्था उस्तै रहेको छ । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।










प्रतिक्रिया दिनुहोस्