बोदेबर्साइन नगरपालिका–५ स्थित देउरीमा स्थानीयवासी ४० वर्षीय नकुल शाहको घरमा टिभीको लाइन जोड्ने क्रममा मुखले तार टोक्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, छिन्नमस्ता गाउँपालिका–५ स्थित बरहिबिरपुरको घर नजिकै रहेको पोखरीमा खेल्दा–खेल्दै डुबेर स्थानीयवासी हरेराम रायका सात वर्षीय छोरा धर्मदेव रायको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्