मध्य वर्षाको समयमा ठेकेदारले बीचैमा तटबन्धको काम छाडी बेपत्ता हुँदा पथरी शनिश्चरे, सुनवर्षी नगरपालिकाअन्तर्गत पर्ने हसन्दह, अमरदह, सुगा, डाइनिया टकुवा लगायतका गाउँ बाढीको उच्च जोखिममा परेको हो ।
बक्राह नदीको तटबन्धको जिम्मा पाएको निकिता कन्स्ट्रक्सनले काम बीचैमा छाडेपछि कुनैपनि समय खोलामा आएको बाढी गाउँ पस्ने जोखिम रहेको स्थानीयको भनाइ छ । निकिताले पथरी शनिश्चरे–५ स्थित जयनगरमा पाँच सय मिटर तटबन्ध निर्माण गर्ने जिम्मा पाएको थियो ।
गत असारमा नदीले सोही स्थानमा बाँध फुटाएर गाउँ पसेको थियो । एक करोड १ लाखमा तटवन्ध निर्माण गर्ने ठेक्का लिएको ठेकेदारले असार मसान्तसम्मका तटवन्धको काम सकाउनु पर्ने थियो । तर जम्मा ३० प्रतिशत मात्र काम गरेर ठेकेदारले काम बीचैमा छाडेको सुनवर्षी नगरपालिका–२ का वडा अध्यक्ष प्रताप तामाङले बताए ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्