पहिरोमा परी बेपत्ता हुनेहरुमा वुधे सार्कीका ८ वर्षीय छोरा लंक, १० वर्षीया छोरी ललिता र ५ वर्षीया छोरी कल्पना रहेका सार्की छन् ।
पहिरोमा परी अरु पाँचजना घाइते भएकोमा उनीहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।
पहिरोसँगै खसेको ठूलो ढुंगा सार्कीको घरमा अड्किएको र ढुंगा हटाउँदा गाउँका अरु घरहरु जोखिममा पर्नसक्ने हुँदा उद्धारमा ढिलाइ भएको प्रहरीले जनाएको छ ।
उक्त ढुंगा नहटाएसम्म पहिरोमा पुरिएका बालबालिकाको खोजी गर्नसमेत अप्ठेरो भएको पनि प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्