Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


छहरे–टोखा सडक अवरुद्ध


0
Shares

नुवाकोटलाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो सडक छहरे–टोखा सडकखन्डअन्तर्गत्को गुर्जेभञ्ज्याङस्थित नेपाली सेनाको चेकजाँचनजिकै डाँडो भासिएर सडकमा खसेको हो ।

आइतबार रातिदेखि अवरुद्ध सडक खुलाउने कार्य जारी रहेको छ ।

अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालयका स्काभेटरले पहिरो हटाउन सुरु गरेपनि निरन्तर पहिरो खसिरहेका कारण खुलाउन नसकेको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख रोहित विसुरालले बताए ।

सडक खुलाउन नेपाली सेना र प्रहरीको टोली पनि परिचालन गरिएको छ ।

सडक अवरुद्ध भएका कारण काठमाडौंबाट नुवाकोटतर्फ गइरहेका तथा नुवाकोटबाट काठमाडौं आइरहेका सवारी–साधन अलपत्र परेका छन् । रासस