२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


ब्राजिलमा बाँध भत्किँदा ७ जनाको मृत्यु, १ सय ५० बढी बेपत्ता


0
Shares

काठमाडौं । ब्राजिलको एक फलाम खानीमा रहेको बाँध भत्किँदा कम्तिमा सात जनाको ज्यान मृत्यु भएको छ ।

घटनामा अन्य १५० जनाभन्दा बढी बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । बाँध फुटेका कारण हिलोसहितको पानी ग्रामीण क्षेत्रमा फैलिएको छ ।

सबैभन्दा बढी क्याफेटेरिया क्षेत्र प्रभावित भएको छ । बाँध फुटेपछि फसेकाहरुको उद्धारका लागि आपतकालीन उद्धार टोली पुगेको छ ।

बेपत्ता हुने मध्ये अधिकांश कामदार छन् । बाँध फुट्नुको कारण खुलेको छैन ।

तीन वर्षअघि एउटा बाँध भत्किँदा ब्राजिलको मिनास गेराइस राज्यकै अर्को गाउँमा १९ जनाको मृत्यु भएको थियो ।(एजेन्सी)