२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


हत्याका अभियुक्त १६ वर्षपछि पक्राउ


0
Shares

२०५८ साल चैत २६ गते खुदुनाबारीस्थित भुटानी शरणार्थी शिविरका शन्तबहादुर अधिकारीको हत्या गरी फरार रहेका अर्जुनधारा–३ का भीमबहादुर भट्टराईलाई पक्राउ गरिएको हो ।

हत्यापछि भट्टराई मलेसिया, कम्बोडिया, भियतनामलगायतका मुलुकमा बसेको र नेपाल आएको मौका पारी पक्राउ गरेको प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

अभियुक्त भट्टराईलाई जिल्ला अदालतमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।