Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


फेब्रुअरी १५ देखि ‘अनलाइन क्लियरिङ’ प्रणाली


0
Shares

काठमाडौं, माघ ११ । तेस्रो मुलुकबाट भारतको कोलकाता/हल्दिया बन्दरगाह हुँदै नेपालका लागि आउने सामानको ढुवानीमा कागजी प्रक्रिया हट्ने भएको छ ।

आगामी फेब्रुअरी १५ बाट ‘अनलाइन क्लियरिङ’ प्रणाली लागू हुने भएको हो ।

यसले व्यापारमा सहजीकरण आउने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

नेपाल सरकार, नेपालको निजी क्षेत्रको दबाब एवं आग्रहमा भारतसँग भएको सन् १९६० को सन्धिअनुसार यो प्रणाली लागू हुन लागेको महासंघले जनाएको छ ।

यो प्रणाली लागू भएपछि कोलकाताबाट वीरगन्जसम्मको ढुवानीमा ४ देखि ५ दिनसम्ममात्र लाग्ने जनाइएको छ ।

पोर्टमा कार्गो क्लिरियन्स गर्दा हाल ८ प्रकारका कागजात पेस गर्नुपर्नेलगायतका झन्झट हट्ने विश्वास महासंघले गरेको छ ।

महासंघ स्थल यातायात तथा पारवाहन समिति सभापति अशोक टेमानीले यो प्रणाली लागू भएसँगै वीरगन्ज ‘ड्राइपोर्ट’ पूर्णरुपमा सन्चालनमा आउने बताए ।

यो प्रणालीका कारण समयमै सामग्री तोकिएको समयमा पुर्‍याउनसकिने महासंघले जनाएको छ । यसले निर्यात बढाउन पनि सहयोग पुर्‍याउने बताइएको छ ।