२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


भरुवा बन्दुकसहित युवक पक्राउ


0
Shares

पक्राउ पर्नेमा सिरिजंघा गाउँपालिका–४ का २४ वर्षीय सुगमर सन्ते भन्ने फुङनाम मावो लिम्बू रहेका छन् ।

इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

केही दिनअघि पनि सोही गाउँपालिकाबाट दुईजनालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको थियो ।