Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


भन्सारमा धेरै सुधार भएका छन्, अझै गर्छौं : महानिर्देशक


0
Shares

काठमाडौं, माघ ११ । भन्सार विभागले भन्सारमा धेरै सुधार भएको र थप सुधार गर्दै जाने जनाएको छ ।

अन्तर्राष्ट्रिय भन्सार दिवसका सन्दर्भमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) र विभागले संयुक्तरुपमा गरेको कार्यक्रममा विभागका महानिर्देशक तोयम रायाले भन्सारलाई थप व्यवस्थित गराउन भन्सार ऐन छिट्टै ल्याइने बताए ।

त्यसको मस्यौदा बनिसकेको र अब निजी क्षेत्रसँग छलफल गरेर अन्तिमरुप दिने तयारी गरिरहेको उनले बताए ।

उनले भन्सारमा एकद्धार नीति लागू गर्न ४३ ओटा सरकारी निकायसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले भन्सारमा धेरै सुधार भएपनि अझै सुधार आवश्यक रहेको बताए ।

उनले ‘लजिस्टिक्स’का कारण लागत बढेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष सुलभ अग्रवालले वल्क कार्गोमा धेरै समस्या रहेको भन्दै भन्सारमा दिइने चेकको समयावधि पनि बढाइनुपर्ने बताए ।