Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


चूडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न सर्वोच्चको आदेश


0
Shares

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा मंगलबार (आज) सुनुवाइ हुँदाहुँदै नभ्याएपछि बुधबार (भोलि)का लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।

मंगलबार (आज) नायब न्यायाधिवक्ता किरण पौडेल, सहन्यायाधिवक्ता हरिप्रसाद जोशी र पद्मप्रसाद पाण्डेले बहस गरेका थिए ।

गत आइतबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र अधिवक्ता ललितबहादुर बस्नेतले बहस गरेका थिए । त्यसअघि गत आइतबार अधिवक्ता डा.भीमार्जुन आचार्य, सतीशकृष्ण खरेललगायतले बन्दीमा रहेका शर्मालाई तारिखमा छाड्नुपर्ने तर्क राखेका थिए ।

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको थियो । मंगलबार (आज)देखि अदालतले शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।

गत असार ४ गते न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलासले शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।

शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई शर्मालाई गैरकानुनी रूपमा थुनामा राखेको जनाउँदै गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।

कर फछ्र्याेट आयोगका सदस्यसचिवसमेत रहेका शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको रु २१ अर्बबराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ । रासस