झापा, माघ ११ । झापाको बिर्तामोडमा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव २०७५’ सुरु भएको छ ।
शुक्रबारदेखि सुरु महोत्सवको प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।
उद्घाटनकाक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो ।
महोत्सवमा झापासहित विभिन्न जिल्लामा उत्पादित स्थानीय उत्पादनदेखि नेपाली बजारमा भित्रिएका भारत, बंगलादेश, पाकिस्तानी उत्पादनका स्टल राखिएको छ ।
महोत्सवमा २१० ओटा स्टल रहेका छन् । महोत्सव यही माघ २३ गतेसम्म चल्नेछ ।









प्रतिक्रिया दिनुहोस्