
गत जेठ १४ गते राति माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि ज्ञवालीका छोरा निरवले फेसबुकमा आफूलाई गाली–गलौज गर्दै स्टाटस लेखेको भन्दै रेणुले चितवन प्रहरीमा उजुरी दिएकी थिइन् ।
तर, महानगरीय अपराध महाशाखाको टोलीले निरवलाई बुधबार (आज)मात्रै काठमाडौंस्थित पुतलीसडकबाट पक्राउ गरेको महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए ।
निरवले उतिबेलै फेसबुक स्टाटस हटाउँदै माफी मागिसकेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
आगामी २० गते भरतपुरको वडा नम्बर–१९ मा हुने पुनः मतदान प्रभावित गर्न निरव ज्ञवालीलाई पक्राउ गरिएको हुनसक्ने आशंका सर्वत्र गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्