Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


धनगढीबाट श्रम स्वीकृति दिन सुरु


0
Shares

कैलाली, माघ ११ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट श्रम स्वीकृति दिन थालिएको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले श्रम तथा रोजगार कार्यालयमा दुईजनालाई श्रम स्वीकृति दिएर सेवा सुरु गरिएको हो ।

धनगढी उपमहानगरपालिका–२, वैहावेहडीका दानबहादुर सिंह र गौरीगंगा नगरपालिका–६, वनवेहडाका गोरखबहादुर खवासले प्रदेशबाट पहिलो श्रम स्वीकृति लिएका छन् ।

सिंहले मलेसिया र खवासले साउदीका लागि श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा मन्त्री सुवेदीले धनगढीबाटै श्रम स्वीकृति दिने व्यवस्था भएपछि सुदूरपश्चिमका युवाहरुलाई काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

वैदेशिक रोजगारबाट बिदामा घर फर्कनेहरु यसअघि श्रम स्वीकृति लिन काठमाडौं जानुपर्ने बाध्यता थियो ।

कार्यालयमा सेवा सुरु भएपनि कर्मचारीको कोटा भने पूरा हुन नसकेको कार्यालयले जनाएको छ ।

श्रम कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी रहेपनि एकजना निमित्त प्रमुख र एकजना सुब्बामात्रै कार्यरत् रहेका छन् ।