२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


विद्यार्थीलाई निर्घात कुट्ने शिक्षक पक्राउ, पीडित विद्यार्थीको उपचार हुँदै


0
Shares

शिक्षक रामवृक्ष यादवले कक्षा ५ मा अध्ययनरत १० वर्षीय समसुद्धिन धोवीलाई कुटपिट गरेका हुन् । विद्यार्थीमाथि भएको कुटपिटको विरोधमा अभिभावकहरुले विद्यालयमा घेराउ र नाराबाजी गर्दै तालाबन्दी गरेका छन् ।

अभिभावकहरुले यसअघि पनि शिक्षक यादवले विद्यार्थीलाई पटकपटक कुट्ने गरेको आरोप लगाएका छन् । उनीहरुले विद्यार्थी कुट्ने शिक्षकलाई कारबाहीको माग गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक पूर्णवासीप्रसाद गुप्ताले पानी खान बाहिर गएका विद्यार्थी ढिला गरी कक्षा कोठामा प्रवेश गरेपछि शिक्षक यादवले ढाडमा कुटेको बताए । पीडित विद्यार्थीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार भइरहेको छ भने शिक्षकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।