Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


काठमाडौंमा बालक अपहरणमा संलग्न दुईजना पक्राउ


0
Shares

महाशाखाबाट खटिएको टोलीले असनमा व्यापार गर्दै आएका कपिलवस्तुका विजय चौधरीका पाँच वर्षीय छोरा विशाल चौधरीलाई अपहरण गर्ने कार्यमा संलग्न भएको आरोपमा रामेछाप जिल्ला मन्थली नगरपालिकाका राजु विक र विष्णु पाण्डेलाई पक्राउ गरेको हो ।

महाशाखाले शनिबार (आज) पत्रकार सम्मेलन गरी सरस्वती बोर्डिङ सेकेण्डरी स्कुलको गेटबाट गत साउन १२ गते अपहरण गरी रु ५० लाख फिरौती माग गरेको अवस्थामा बालकको साउन १६ गते सकुसल उद्दार गरेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा आर्थिक अभावका कारण राजु विकले विशालको अपहरण गर्ने योजना बनाएको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा राजुले आवश्यक साधनको व्यवस्था गरी स्कुलको गेटबाट अपहरण गरी गोठाटारस्थित विष्णु पाण्डेकी बहिनी अनिता केसीको डेरामा लगी बन्धक बनाएर राखेको र रु ५० लाख रुपैयाँ फिरौती रकम मागेका थिए ।

प्रहरीले अपहरणकारी बस्ने स्थानको पहिचान गरी ब्यापक खोजतलास गरेपछि अपहरणकारीले पीडित बालकलाई काँडाघारीबाट अपहरणमुक्त गर्न बाध्य भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

महाशाखाले पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाएको छ । रासस