Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


२०४७ सालमा भएको बलात्कारको घटनामा संलग्न दुई जना पक्राउ


0
Shares

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरु काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ४६ वर्षीय रामेश्वर नगरकोटीलाई शुक्रबार र सोही ठाउँ बस्ने ४६ वर्षीय अनिल थापालाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रामेश्वर नगरकोटी समेत तीन जनाले २०४७ असार १५ गते राति इन्द्रचोक मखन, काठमाडौंबाट एकजना युवतीलाई बा.अ.च. ९८०६ नम्बरको गाडीमा चढाई किर्तिपुर क्याम्पसको हलभित्र पुर्‍याई जबरजस्ती करणी गर्दा युवती रोईकराई गरेको आवाज सुनी गस्तीमा रहेको प्रहरी टोली त्यस स्थानमा पुग्दा उनीहरु उक्त सवारी साधनबाट भागेका थिए ।

नगरकोटी र थापालाई जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले मुलुकी ऐन जबरजस्ती करणी महलको ५ नम्बर बमोजिम जनही १ बर्ष ६ महिना कैद सजाय हुने ठहर गरेको थियो । फैसला कार्यान्वयनका लागि दुबैजनालाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौमा पठाईएको छ ।