२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


कुसुन्तीमा गोली लागेर एकजनाको मृत्यु, मृतक लागुऔषध ‘तस्कर’


0
Shares

खत्री लागुऔषध तस्कर भएको सूचनाको आधारमा महानगरीय अपराध अनुसन्धान ब्युरोको टोली उनको घर खानतलासी गर्न गएको जनाइएको छ ।

तर, प्रहरीलाई देख्नासाथ खत्रीले दुईओटा पेस्तोल ताक्दै घरको कौसीबाट हामफालेर भाग्न खोजको र सोहीक्रममा पुलिसले चलाएको गोली लागेर खत्रीको ज्यान गएको दाबी प्रहरीले गरेको छ ।

दाहिने कन्चटमा गोली लागेर घाइते भएका खत्रीलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याइएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।