Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


भारतमा ‘राम्रो काम’ लगाइदिने भन्दै महिला बेच्ने तामाङ पक्राउ


0
Shares

नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि थप अर्की एकमहिलालाई पनि भारतमा बिक्री गर्न लैजान संलग्न रहेको अभियोग लागेका २४ वर्षीय तामाङलाई नुवाकोट प्रहरीले झापाबाट पक्राउ गरेको हो ।

‘राम्रो काम’ लगाइदिने भन्दै एकमहिलालाई भारत लैजान लागेको समयमा उद्धारपछि पीडितले दिएको किटानी जाहेरीका आधारमा संलग्न पाइएपछि तामाङलाई पक्राउ गरी सोमबार जिल्ला अदालत नुवाकोटमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा दर्तागरी कारबाहीका लागि अनुसन्धान सुरु गरेको जिप्रका नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

दुप्चेश्वर गाउँपालिका–१ साविक घ्याङ्फेदी गाविस–७ का तामाङसहितका आठजनाले गएको असारमा नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि उनीहरुले थप अर्कीे एकमहिलालाई समेत भारत लैजाँदै गरेको समयमा साउन १० गते प्रहरीले उद्धार गर्दै संलग्न चारजनालाई त्यही समयमा रंगेहात पक्राउ गरेको थियो ।

फरार रहेका चारमध्ये तामाङलाई झापाबाट पक्राउ गरिएको र बाँकीको पनि खोजी जारी रहेको प्रनाउ कँडेलले जानकारी दिए । रासस